२ इतिहास 7:22 - पवित्र बाइबल22 त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।’” Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 मानिसहरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवताहरूलाई मानेर तिनको सेवा गर्दै र यिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो’।” Se kapitletसरल नेपाली पवित्र बाइबल22 मानिसहरूले जवाफ दिनेछन्, ‘आफ्ना पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वरलाई तिनीहरूले त्यागेका हुनाले यसो भएको हो। तिनीहरूले अरू देवताहरूलाई पुजे। त्यसैकारण परमप्रभुले यो आपत् तिनीहरूमाथि ल्याउनुभएको हौ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ” Se kapitlet |