२ इतिहास 6:27 - पवित्र बाइबल27 तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा बर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्। तिनीहरू हिँड्नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्ना प्रजालाई तिनीहरूको उत्तराधिकारको निम्ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल27 हे परमप्रभु, स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्ना दासहरूका अथवा इस्राएलीहरूका पाप क्षमा गर्नुहोस् र तिनीहरूलाई जे कुरा ठीक छ, त्यो गर्न सिकाउनुहोस्। त्यसपछि हे परमप्रभु, तपाईंले आफ्ना प्रजालाई सदाकाल अधिकार गर्न दिनुभएको आफ्नो यस देशमा फेरि वर्षा ल्याउनुहोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब स्वर्गबाट सुन्नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्। Se kapitlet |