२ इतिहास 6:23 - पवित्र बाइबल23 तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 तपाईंले स्वर्गबाट सुनेर कार्य गर्नुहोस्। आफ्ना दासहरूका बीचमा न्याय गर्नुहोस्। दोषी मानिसलाई दोषी ठहराउनुहोस्, र त्यसका कामहरूको प्रतिफल त्यसलाई दिनुहोस्। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्यसको निर्दोषतालाई स्थिर गराउनुहोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल23 हे परमप्रभु, स्वर्गमा तपाईंले सुन्नुहोस् र आफ्नो दासको न्याय गर्नुहोस्। दोषीलाई उचित दण्ड दिनुहोस् र निर्दोषलाई छुटकारा दिनुहोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्। Se kapitlet |