२ इतिहास 5:13 - पवित्र बाइबल13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे, “परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: “उहाँ असल हुनुहुन्छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो; Se kapitlet |