२ इतिहास 2:12 - पवित्र बाइबल12 हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले दाऊद राजालाई तीव्र बुद्धि र समझशक्तिले पूर्ण भएका एउटा बुद्धिमान् छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा महल बनाउनुहुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल12 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्! उहाँले दाऊद राजालाई एउटा समझदार, सिपालु र बुद्धिमान् छोरो दिनुभएको छ, जसले परमप्रभुको निम्ति एउटा मन्दिर र आफ्नो निम्ति एउटा महल बनाउने योजना गरेका छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 पत्रमा हीरामले यस्तो पनि लेखे: “स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ। Se kapitlet |