१ थेसलोनिकी 3:6 - पवित्र बाइबल6 तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्न ज्यादै इच्छा गरी सधैँ प्रेमसँग हाम्रो सम्झना गर्दछौ भन्ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्न त्यतिकै चाहना गर्दछौं। Se kapitletसरल नेपाली पवित्र बाइबल6 तर तिमोथी भरखरै तिमीहरूलाई भेटेर आइपुगेका छन्। तिमीहरूमा अझ पनि गहिरो प्रेम र विश्वास छ भनेर उनले सुसमाचार ल्याए। हामीले जस्तै तिमीहरूले पनि हामीलाई भेट्ने ठूलो इच्छा राखेर सम्झिरहेका रहेछौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्ने खबर तिनले दिएका छन्। Se kapitlet |