फिलिप्पी 2:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु, Se kapitletसरल नेपाली पवित्र बाइबल25 मैले हाम्रा भाइ इपाफ्रोडिटसलाई तिमीहरूकहाँ पठाउने आवश्यकता देखें। हामी दुवैले सँगै काम गर्यौं र सुसमाचार सुनाउने लडाइँमा पनि सँगै लड्यौं। उनी तिमीहरूकै दूत हुन्, जसलाई मेरो सहायताको निम्ति तिमीहरूले पठाएका थियौ। Se kapitletपवित्र बाइबल25 इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु। Se kapitlet |