गन्ती 5:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसले आफ्नी पत्नीलाई पुजारीकहाँ लैजाओस्। त्यसले पत्नीका निम्ति एपाको दशौँ भाग जौको मसिनो पिठोको भेटी पनि ल्याओस्। त्यसले पिठोमा जैतुनको तेल नखन्याओस् र सुगन्ध पनि नहालोस्। किनभने त्यो डाहको निम्ति अन्नबलि अर्थात् अधर्म सम्झना गराउने बलि हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 त्यस मानिसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ ल्याओस्, र उसले त्यसको निम्ति आधा पाथी जौको पीठो बलि चढ़ाओस्। उसले त्यसमा तेल अथवा धूप नराखोस्, किनकि दोषको सम्झना गराउने यो अन्नबलि, अर्थात् डाहको अन्नबलि हो। Se kapitletसरल नेपाली पवित्र बाइबल15 जुनै कारणले शङ्का उठेको होस्, लोग्नेले स्वास्नीलाई पूजाहारीकहाँ लैजाओस्। त्यति बेला चाहिने एक किलोग्राम जौको पीठो पनि त्यसले सँगै लैजाओस् तर त्यसमाथि जैतुनको तेल वा धूप नमिसाओस् किनभने त्यो एउटा शङ्कालु लोग्नेले साँचो कुरो प्रकाशमा आओस् भनी चढाएको भेटी हो। Se kapitletपवित्र बाइबल15 त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो। Se kapitlet |