गन्ती 1:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण50 तर तैंले लेवीहरूलाई गवाहीको मण्डप र त्यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्डप त्यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्। तिनीहरूले त्यसको रेखदेख गरून्। तिनीहरूले आफ्नो पाल मण्डपकै वरिपरि लगाऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल50 त्यसको सट्टामा लेवीहरूलाई मेरो पवित्र पाल र त्यसका सर-सामानको जिम्मा दिनू। तिनीहरूले पवित्र पाल र सर-सामान बोक्नेछन् र त्यहाँ सेवाकार्य गर्नेछन् र आफ्ना पाल त्यसका चारैपट्टि टाँग्नेछन्। Se kapitletपवित्र बाइबल50 तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ। Se kapitlet |