लेवीहरू 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 “‘यदि त्यो धन्यवाद दिनका निम्ति कसैले चढ़ायो भने, त्यसले धन्यवादबलिसित तेलमा मुछेको खमिर नहालेको फुरौला, तेल दलेको खमिर नहालेको बाबर र तेलमा भिजाएको मसिनो पीठोको फुरौला चढ़ाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल12 यदि उसले त्यो बलि परमेश्वरलाई धन्यवाद दिन चढाएको हो भने बलिको पशुसित खमिरबिनाको रोटी पनि चढाओस्। त्यस्तो रोटी जैतुनको तेल मिसाएको पिठोले बनेको बाक्लो रोटी र फुरौला वा जैतुनको तेल दलेको स-साना रोटी होस्। Se kapitletपवित्र बाइबल12 उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्। Se kapitlet |