लेवीहरू 23:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्नाको होमबलि हुनेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 ती रोटीसित एक वर्षे सात वटा निष्खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने मीठो बास्नाको होमबलि होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल18 अनि रोटीसित सारा जन-समूहले मिलेर निष्खोट सातवटा एकवर्षे थुमा, एउटा साँढे र दुईवटा बोका चढाउनुपर्नेछ। अन्नबलि र मद्यबलि सँगसँगै ती पशु परमप्रभुलाई होमबलि चढाउनू। यस बलिको सुबास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Se kapitletपवित्र बाइबल18 “एउटा साँढे दुइवटा भेंडाहरू अनि सातवटा एक बर्षे पाठहरू अन्नबलि अनि अर्घबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्नाले परमप्रभुलाई खुशी पार्नेछ। Se kapitlet |