लेवीहरू 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हारूनले मोशालाई जवाफ दिए, “आज तिनीहरूले आफ्ना पाप शुद्धीकरण बलि र होमबलि याहवेहको सामु चढाए। तर यस्ता कुराहरू ममाथि आइपरे। मैले आज त्यो पाप शुद्धीकरण बलि खाएको भए के याहवेह मसित प्रसन्न हुनुहुनेथियो?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 तब हारूनले मोशालाई भने, “आजै तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढ़ाएका छन्, तापनि ममाथि आज यस्ता कुरा परिआएका छन्। मैले आज पापबलि खाएको भएदेखि के त्यो परमप्रभुको दृष्टिमा असल ठहरिनेथियो र?” Se kapitletसरल नेपाली पवित्र बाइबल19 हारूनले जवाफ दिए, “आज मानिसहरूले परमप्रभुलाई पापबलि चढाए, होमबलि चढाए अनि आजै ममाथि यी सबै विपत्तिहरू पनि आए। आज मैले पापबलि खाएको भए कसो हुन्थ्यो होला? त्यसो गर्दा परमप्रभु अझै प्रसन्न हुनुहुन्थ्यो र?” Se kapitletपवित्र बाइबल19 तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?” Se kapitlet |