Online Bibel

- Annoncer -




यर्मिया 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हामी यहाँ किन चुप लागेर बसिरहेका छौँ? एकसाथ भेला होऔँ! हामी सुरक्षित सहरहरूतिर भागौँ र त्यहीँ नै नष्‍ट होऔँ! किनकि याहवेह हाम्रा परमेश्‍वरले हाम्रो विनाशको निर्णय गर्नुभएको छ; अनि हामीलाई विषालु पानी पिउनलाई दिनुभएको छ; किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 “हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्‍ला भएका सहरहरूभित्र जाऔं र त्‍यहीँ नै नष्‍ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नष्‍टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 परमेश्‍वरका प्रजाले सोध्‍छन्, “हामी किन चुप लागेर बसिरहेका छौं? आऔं, हामी दगुरेर सुरक्षित सहरतर्फ जाऔं र त्‍यही मरौं। परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नाश पार्ने आज्ञा दिनुभएको छ। उहाँले हामीलाई विष पिउन दिनुभएको छ किनभने हामीले उहाँका विरुद्धमा पाप गरेका छौं।

Se kapitlet Kopi

पवित्र बाइबल

14 “किन हामी यहाँ बसिरहेका छौं? ‘आऊ, हामी बलिया शहरहरूमा जाऊँ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर, हाम्रा परमप्रभुले हामीलाई सड्नु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।

Se kapitlet Kopi




यर्मिया 8:14

Følg os:

Annoncer


Annoncer