यर्मिया 7:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो रिस र मेरो क्रोध यस मन्दिरमाथि, मानिस र पशुहरूमाथि, खेतका रूख र भुइँका फसलहरूमाथि खन्याउनेछु। यो आगोझैँ बलिरहनेछ र कसैले निभाउन सक्नेछैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 “‘यसकारण परमप्रभु भन्नुहुन्छ: यस ठाउँमा मेरो रीस, मेरो क्रोध खन्याइनेछ— मानिस र पशु, मैदानका रूखहरू र जमिनका उब्जनीहरू सबैमाथि त्यो जलिरहनेछ, र कहिल्यै निभ्नेछैन। Se kapitletसरल नेपाली पवित्र बाइबल20 यसकारण म सार्वभौम परमप्रभुले आफ्नो प्रचण्ड क्रोध यस मन्दिरमा खन्याउनेछु, मानिस, पशु, मैदानका रूख र जमिनको उब्जनीमाथि खन्याउनेछु। मेरो क्रोध आगोझैँ दन्किरहनेछ, त्यो कसैले निभाउन सक्नेछैन। Se kapitletपवित्र बाइबल20 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।” Se kapitlet |