यर्मिया 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 म कोसँग बोलूँ र कसलाई चेतावनी दिऊँ? मेरो कुरा कसले सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। त्यसैले तिनीहरू सुन्न सक्दैनन्। याहवेहको वचन तिनीहरूलाई मन पर्दैन; तिनीहरू वचन सुन्नै चाहँदैनन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्ला? तिनीहरूका कान बन्द भएका छन्। तिनीहरू सुन्न सक्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति मन नपर्ने भएको छ। तिनीहरू त्यसमा केही रुचि लिँदैनन्। Se kapitletसरल नेपाली पवित्र बाइबल10 मैले जवाफ दिएँ, “मेरो कुरा कसले सुन्ला र? क-कसलाई भनूँ र चेतावनी दिऊँ? तिनीहरूले ढिट भई आफ्ना कान बन्द गरेका छन्। तपाईंको वचन तिनीहरूको निम्ति ठोकर हुन्छ र त्यसमा तिनीहरूले कुनै आनन्द पाउँदैनन्। Se kapitletपवित्र बाइबल10 म कोसित बोल्नु? मैले कसलाई चेताउनी दिनु? कसले मेरो कुरा सुन्छ? इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्। यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ। तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्। Se kapitlet |