यर्मिया 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिनीहरू घातक रोगले मर्नेछन्। तिनीहरूका निम्ति शोक गरिनेछैन, तर तिनीहरू मैदानमा लडिरहने मलजस्तै हुनेछन्। तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन्; अनि तिनीहरूका लासहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति भोजन हुनेछन्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 “तिनीहरू घातक रोगहरूले मर्नेछन्। तिनीहरूका लागि कसैले शोक गर्नेछैन, अथवा कसैले तिनीहरूलाई गाड्नेछैन। तिनीहरू भूइँमा कसिङ्गरझैँ लड़िरहनेछन्। तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन्, र तिनीहरूका लाश आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका लागि आहार हुनेछन्।” Se kapitletसरल नेपाली पवित्र बाइबल4 तिनीहरू डरलाग्दा रोगले मर्नेछन्, तिनीहरूको लागि शोक गर्ने वा तिनीहरूका लाशहरू गाड्ने मानिस एक जना पनि हुनेछैन। तिनीहरूका लाशहरू जमिनमा मलझैँ पडिरहनेछन्। तिनीहरू लडाइँमा वा भोकले मर्नेछन् र तिनीहरूका लाशहरू चरा-चुरुङ्गी र जङ्गली जनावरका आहार हुनेछन्। Se kapitletपवित्र बाइबल4 “ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।” Se kapitlet |