उपदेशक 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 परमेश्वरले सूर्यमुनि दिनुभएको यस व्यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्यही नै हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल9 जहिलेसम्म परमेश्वरले तिमीलाई यस संसारमा यो व्यर्थको जीवन दिनुहुन्छ, तहिलेसम्म आफूले प्रेम गरेको पत्नीसित आनन्द-खुसीमा जीवन बिताओ। जीवनका प्रत्येक व्यर्थको दिन सुख-भोग गरेर काट किनभने आफ्ना सारा कष्टका सट्टामा तिमीले पाउने कुरा त्यति मात्र हो। Se kapitletपवित्र बाइबल9 तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर। Se kapitlet |