उपदेशक 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 समय राम्रो हुँदा खुशी होऊ, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लाउन सक्दैन। Se kapitletसरल नेपाली पवित्र बाइबल14 आफ्ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्वरले नै पठाउनुहुन्छ। फेरि पछि के हुने हो, त्यो कसैले जान्दैन। Se kapitletपवित्र बाइबल14 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन। Se kapitlet |