उपदेशक 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्चा नै असल हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 कुनै मानिस आफ्ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्म बाँच्यो, तर त्यो धेरै दिनसम्म बाँचेर पनि आफ्नो उन्नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्कार पनि पाएन भने, म भन्दछु कि त्योभन्दा त तुहेको बालकको दशा अझ असल हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल3 कुनै मानिसको एक सय छोरा-छोरी होलान्, उसको आयु लामो होला तर जति नै लामो आयु भए पनि जीवनमा सुख पाएन र मरेपछि उसलाई राम्ररी गाड्ने काम भएन भने जन्मँदै मरेको बालक ऊभन्दा असल हो। Se kapitletपवित्र बाइबल3 एकजना मानिस लामो समयसम्म बाँच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ। Se kapitlet |