उपदेशक 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 मानिसको भाग्य पशुको झैँ हुन्छ। ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्छ। एउटा जसरी मर्छ, अर्को पनि त्यसरी नै मर्छ। सबैको एउटै सास हुन्छ। मानिसहरूको पशुभन्दा बढ़ी सुविधा हुँदैन। हरेक कुरा व्यर्थ हो। Se kapitletसरल नेपाली पवित्र बाइबल19 अन्तमा मानिस र पशुको भाग्य एउटै हुन्छ। दुवैमाथि एकै प्रकारको मृत्यु आउँछ। दुवै एकै थरीका प्राणी हुन्। मानिस पशुभन्दा केही असल हुँदैन किनभने दुवैको जीवनको केही अर्थ छैन। Se kapitletपवित्र बाइबल19 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किनकि हरेक कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्। Se kapitlet |