8 उसिगर्ते तइ हाम्रो पर्भुको बारेमा गवाहि देहे झिनलजाहइ। मइ ओख्रो लागि झ्यालखानामा पर्लो कहि मोरो बारेमा लाज झिनमान। तर परमेस्वरको सक्तिमा नाम्रो खबर सुनालार धन्दामा दुख भोगे तयार होखइ।