तीतस 2:5 - सरल नेपाली पवित्र बाइबल5 अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्यस्तै भयो भने परमेश्वरको शिक्षाको बदनाम हुन पाउनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्ने, दयालु, आ-आफ्ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्वरका वचनको निन्दा हुन नपाओस्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्। Viz kapitola |