रोमी 9:33 - सरल नेपाली पवित्र बाइबल33 ख्रीष्टको बारेमा परमेश्वरले भनेझैँ धर्मशास्त्रमा पनि यस्तै लेखिएको छ– “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गा र बाधा दिने पहरा राख्नेछु र उहाँमा धेरै जना ठेस खाएर लड्नेछन्; तर उहाँमा विश्वास गर्ने मानिसचाहिँ निराश हुनेछैन,।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जस्तो लेखिएको छ, “हेर, म सियोनमा एउटा ढुङ्गा राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिनेछैन।” Viz kapitolaपवित्र बाइबल33 त्यस ढुङ्गाको विषयमा धर्मशास्त्र भन्छः “हेर, सियोनमा म एउटा ढुङ्गा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चिहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यस्तो लेखिएको छ: “हेर, मैले सियोनमा यस्तो ढुङ्गो राखेको छु जसले मानिसहरूलाई ठेस खान लगाउँछ, अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, तर जसले उहाँमाथि विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।” Viz kapitola |