रोमी 7:7 - सरल नेपाली पवित्र बाइबल7 त्यसो भए हामीले के भन्ने? के व्यवस्थाले नै पाप ल्याएको हो त? कहाँ हुन्थ्यो, होइन। व्यवस्था नभएको भए त मैले पापै चिन्नेथिइनँ किनभने मलाई व्यवस्थाले लोभ नगर्नू भनेर नबताएको भए मैले लोभ गर्नुहुँदैन भनेर थाहै पाउनेथिइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ। Viz kapitolaपवित्र बाइबल7 हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब हामी के भनौँ त? व्यवस्था पाप हो त? पक्कै पनि होइन! वास्तवमा व्यवस्था नभएको भए, पाप के हो भन्ने कुरा मैले थाहा पाउने नै थिइनँ। व्यवस्थाले “लोभ नगर” नभनेको भए लोभ के हो भन्ने कुरा मैले जान्ने नै थिइनँ। Viz kapitola |