प्रकाश 2:5 - सरल नेपाली पवित्र बाइबल5 तिमी कति गिरेका छौ, आफैंले सोच। पाप छोड र तिमीले पहिलेजस्तो मलाई प्रेम गर। नत्र म तिमीहरूकहाँ आउनेछु र तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु। Viz kapitolaपवित्र बाइबल5 यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु। Viz kapitola |