प्रकाश 2:20 - सरल नेपाली पवित्र बाइबल20 तर तिम्रो विरोधमा मैले एउटा कुरा भन्नु नै पर्छ, त्यो ईजेबेल भन्ने स्त्रीलाई तिमीहरूले ठाउँ दिन्छौ। त्यसले म अगमवादिनी हुँ भन्छे र आफ्नो शिक्षाले मेरो सेवा गर्ने मानिसहरूलाई भर्माएर व्यभिचार गर्न र मूर्तिलाई चढाइएका कुरा खान सिकाउँछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे। Viz kapitolaपवित्र बाइबल20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्याउँछे। Viz kapitola |