प्रकाश 2:10 - सरल नेपाली पवित्र बाइबल10 तिमीहरूलाई पर्न आँटेको कुनै सङ्कटबाट नडराऊ। तिम्रो विश्वास जाँच्न शैतानले तिमीहरूमध्ये कसै-कसैलाई झ्यालखानमा हालिदिनेछ। तर तिम्रो कष्ट दश दिनसम्म मात्रै हुनेछ। मर्नुपरे पनि ममाथि विश्वास गर्न नछोड र म तिमीलाई विजयको इनामको रूपमा जीवन दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु। Viz kapitolaपवित्र बाइबल10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूले भोग्न लागेका कष्टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु। Viz kapitola |