प्रकाश 15:2 - सरल नेपाली पवित्र बाइबल2 यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्तो देखें। त्यो जनावर, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजय प्राप्त गर्ने सबैलाई मैले देखें। परमेश्वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आगोसँग मिसिएका काँचको समुद्रजस्तो मैले देखें। त्यहाँ पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँको संख्यामाथि विजय पाउनेहरू आफ्ना हातमा परमेश्वरको वीणा लिई त्यस काँचका समुद्रको किनारमा खड़ा थिए। Viz kapitolaपवित्र बाइबल2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्वरले दिनुभएका वीणाहरू लिएका थिए। Viz kapitola |