भजनसंग्रह 20:5 - सरल नेपाली पवित्र बाइबल5 तब हामी तिम्रो विजयमा आनन्दको सोर उठाउनेछौं र हाम्रा परमेश्वरलाई प्रशंसा दिएर तिम्रो विजय मनाउनेछौं। परमप्रभुले तिम्रा सबै बिन्तीका उत्तर देऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंको विजयमा हामी आनन्दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झन्डा उच्च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्। Viz kapitolaपवित्र बाइबल5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्वरका नाममा हामी आफ्ना झण्डाहरू उच्च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्। Viz kapitola |