गन्ती 33:54 - सरल नेपाली पवित्र बाइबल54 विभिन्न कुलहरूका बीचमा चिट्ठा हालेर जमिनको बन्डा गर्नू। ठूला कुललाई ठूलै हिस्सा र सानो कुललाई सानै हिस्सा दिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तिमीहरूले आ-आफ्ना वंशअनुसार त्यस देशमा चिट्ठा हालेर हिस्सा बाँड्नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्यो त्यसकै होस्। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्सा बाँड्नू। Viz kapitolaपवित्र बाइबल54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ-जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू। Viz kapitola |