गन्ती 32:17 - सरल नेपाली पवित्र बाइबल17 त्यसपछि हामी हाम्रा इस्राएली दाजुभाइहरूसित लडाइँमा जान र त्यसको अगुवाइ गर्न तयार छौं। यसरी तिनीहरूलाई त्यो देशमा बसोबास गराउन हामी मद्दत गर्न तयार छौं। त्यस बीचमा हाम्रा आश्रयका मानिसहरू सुरक्षित भएर यस देशका मानिसहरूदेखि निडर भई पर्खाल लगाएको सहरमा बस्न सक्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर हामी आफैचाहिँ इस्राएलीहरूलाई तिनीहरूका ठाउँमा नपुर्याउञ्जेल तिनीहरूका अगि लागेर सशस्त्र जान तयार छौं। यसै बीचमा हाम्रा स्त्री र बालबच्चाहरूचाहिँ यस मुलुकका मानिसहरूबाट ती सहरहरूका पर्खालभित्र सुरक्षित रहनेछन्। Viz kapitolaपवित्र बाइबल17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई स-हर्षसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्ला भएका सहरहरूमा बस्नेछन्। Viz kapitola |