गन्ती 24:17 - सरल नेपाली पवित्र बाइबल17 म भविष्यतिर हेर्दछु र इस्राएल जातिलाई देख्दछु। चम्किलो ताराजस्तो, एउटा राजा त्यस जातिमा उदाउनेछन्। लाम्पुच्छ्रे ताराझैँ इस्राएलबाट तिनी निस्कनेछन्। तिनले मोआबका अगुवाहरूलाई हिर्काउँनेछन् र शेतका सबै मानिसहरूलाई हराउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “म उहाँलाई देख्छु, तर अहिले त होइन। म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ। उहाँले मोआबका टाउको किच्च्याउनुहुनेछ, अनि शेथका सन्तानलाई ध्वंस पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ। Viz kapitola |