गन्ती 23:3 - सरल नेपाली पवित्र बाइबल3 तब बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस्। मचाहिँ गएर परमप्रभुले मसित भेट गर्नुहुन्छ कि हुन्न, सो बुझ्नेछु। उहाँले मलाई जे देखाउनुहुन्छ, त्यो म तपाईंलाई भन्नेछु।” यसकारण बालाम एक्लै एउटा डाँडामाथि गए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बालामले बालाकलाई भने, “आफ्नो बलिनेर उभिनुहोस्। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्छ होला। उहाँले मलाई जे-जस्तो देखाउनुहुन्छ, त्यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्थानतिर गए। Viz kapitolaपवित्र बाइबल3 त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए। Viz kapitola |