गन्ती 23:13 - सरल नेपाली पवित्र बाइबल13 तब बालाकले बालामलाई भने, “मसित अर्को ठाउँमा जाऔँ, जहाँबाट नजिकका इस्राएलीहरूलाई मात्र देखिन्छ। त्यहाँबाट मेरो खातिर तिनीहरूलाई सराप देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्। त्यहाँदेखि तपाईंले तिनीहरूलाई देख्नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्नुहुन्छ, तर तिनीहरू सबैलाई देख्नुहुन्न। तिनीहरूलाई त्यहीँबाट मेरो निम्ति सराप दिनुहोस्।” Viz kapitolaपवित्र बाइबल13 त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसँग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।” Viz kapitola |