गन्ती 22:22 - सरल नेपाली पवित्र बाइबल22 बालाम त्यसरी गएको देखेर परमेश्वर रिसाउनुभयो र तिनी गधामा चढेर आफ्ना दुई जना चाकरहरूसित गइरहेका बेलामा परमप्रभुको दूत बाटो थुनेर तिनको अघि खडा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर तिनी गएका हुनाले परमेश्वर रिसाउनुभयो, र परमप्रभुका दूतले आएर तिनको बाटो रोकिदिए। तिनी आफ्नो गधामा चढ़ेर जाँदैथिए। तिनका दुई जना नोकरहरू पनि तिनीसितै थिए। Viz kapitolaपवित्र बाइबल22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए। Viz kapitola |