गन्ती 18:6 - सरल नेपाली पवित्र बाइबल6 इस्राएलीहरूका बीचबाट तेरा लेवी नातेदारहरूलाई तेरो निम्ति उपहार स्वरूप रोज्ने म नै हुँ। तिनीहरू मलाई अर्पण गरिएका छन् र तिनीहरूले पवित्र पालमा आफ्ना कर्तव्य पालन गर्न सक्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मैले नै इस्राएलीहरूका बीचबाट तेरा दाजुभाइ लेवीहरूलाई लिएको छु। भेट हुने पालको सेवा गर्न तँलाई दिएको, परमप्रभुमा अर्पण गरिएको यो एक दान हो। Viz kapitolaपवित्र बाइबल6 हेर! म आफैंले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु। Viz kapitola |