गन्ती 18:2 - सरल नेपाली पवित्र बाइबल2 तँ र तेरा छोराहरूको पवित्र पालमा सेवा गरेको बेलामा तिमीहरूलाई मद्दत गर्न र तिमीहरूसँग काम गर्नको निम्ति आफ्ना नातेदार, लेवी कुललाई लिएर आइज। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब तँ र तेरा छोराहरू गवाही-पाटीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आइज, र तिनीहरू तँसित मिलेर तँलाई सघाऊन्। Viz kapitolaपवित्र बाइबल2 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज। Viz kapitola |