गन्ती 17:10 - सरल नेपाली पवित्र बाइबल10 परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनको लौरो फर्काएर करारको सन्दुकको सामुन्ने राख्। यसरी हारूनको लौरो देखेर तिनीहरू मेरो विरुद्धमा गन्गनाउन छोड्नेछन् र मर्नेछैनन्। यो कुरा विद्रोही इस्राएलीहरूका निम्ति चेतावनी बनोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले मोशालाई भन्नुभयो, “विद्रोही पुस्ताको विरुद्धमा चिन्हको निम्ति हारूनको लहुरोलाई गवाही-पाटीको सामु फेरि लगेर राख्, र मेरो विरुद्ध तिनीहरूको गनगन तैंले अन्त गरिदे, नत्रता तिनीहरू मर्लान्।” Viz kapitolaपवित्र बाइबल10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैँ मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।” Viz kapitola |