गन्ती 16:3 - सरल नेपाली पवित्र बाइबल3 तिनीहरू मोशा र हारूनको सामुन्ने भेला भए र भन्न लागे, “तिमीहरूले अति गर्यौ! समाजका सबै मानिसहरू परमप्रभुकै हुन् अनि परमप्रभु हामीहरू सबैसित हुनुहुन्छ। तर मोशा, तिमीचाहिँ किन आफैंलाई सबैभन्दा ठूलो बनाई परमप्रभुको समाजभन्दा माथि उठाउँछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनीहरू मोशा र हारूनका विरुद्धमा जम्मा भई तिनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! समुदायका सबै जना पवित्र छन्, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ। तपाईंहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल3 तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्च तुल्याउनुहुन्छ?” Viz kapitola |