गन्ती 15:39 - सरल नेपाली पवित्र बाइबल39 ती झुम्काले तिमीहरूलाई सम्झना दिइरहनेछ र ती झुम्कालाई देख्नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्नै मनका इच्छा र चाहनाको पछि लाग्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ। Viz kapitolaपवित्र बाइबल39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। Viz kapitola |