गन्ती 14:10 - सरल नेपाली पवित्र बाइबल10 सारा इस्राएली समाजले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने डर देखाउँदै थिए। तर अचानक ती मानिसहरूले आँखा तिरीमिरी पार्ने ज्योति, पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्नुपर्छ भनी मतो गरे। त्यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो। Viz kapitolaपवित्र बाइबल10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो। Viz kapitola |