मीकाको पुस्तक 7:18 - सरल नेपाली पवित्र बाइबल18 हे परमप्रभु! तपाईंजस्तो अरू कुनै ईश्वर छैन। बाँचेर रहेका तपाईंका प्रजाहरूका पाप तपाईंले क्षमा गर्नुहुन्छ। तपाईं सधैँभरिको निम्ति रिसाइरहनुहुन्न तर हामीप्रति आफ्नो निरन्तर प्रेम देखाउन खुसी हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैँसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल18 तपाईं जस्तो परमेश्वर अरू छैनन्। तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तपाईंजस्तो परमेश्वर को छ र? जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, र अपराधहरू बिर्सिदिनुहुन्छ। तपाईं सधैँभरि रिसाइरहनुहुन्न, तर अटुट प्रेम देखाउनमा प्रसन्न हुनुहुन्छ। Viz kapitola |