मत्ती 9:22 - सरल नेपाली पवित्र बाइबल22 अनि येशूले फरक्क पछिल्तिर फर्कनुभयो र तिनलाई देखेर उहाँले भन्नुभयो, “छोरी, साहस गर। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यति नै खेर ती स्त्री निको भइहालिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई। Viz kapitolaपवित्र बाइबल22 येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई। Viz kapitola |