मत्ती 9:2 - सरल नेपाली पवित्र बाइबल2 अनि मानिसहरूले पक्षघात भएको मानिसलाई ओछ्यानमै बोकेर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस रोगीलाई भन्नुभयो, “ए छोरा, साहस गर, तिम्रो पाप क्षमा भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।” Viz kapitolaपवित्र बाइबल2 केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।” Viz kapitola |