मत्ती 3:3 - सरल नेपाली पवित्र बाइबल3 अब यशैया अगमवक्ताले पनि यिनै यूहन्नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ’!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” Viz kapitolaपवित्र बाइबल3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” Viz kapitola |