मत्ती 2:9 - सरल नेपाली पवित्र बाइबल9 हेरोद राजाले भनेको मानेर ती ज्योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्यही तारालाई फेरि देखे। त्यो तारा तिनीहरूको अघि-अघि लाग्यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्क अडियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो। Viz kapitolaपवित्र बाइबल9 राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो। Viz kapitola |