मलाकीको पुस्तक 3:10 - सरल नेपाली पवित्र बाइबल10 मेरो मन्दिरमा अन्न भरिभराउ हुने गरी तिमीहरू आफ्नो पूरा दशौं हिस्सा ल्याओ र मलाई जाँचेर हेर र तिमीहरूले देख्नेछौ कि कसरी म स्वर्गका झ्यालहरू खोलेर तिमीहरूलाई प्रशस्त गरी सबै प्रकारका असल कुराहरू खन्याइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसँग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |