मलाकीको पुस्तक 2:7 - सरल नेपाली पवित्र बाइबल7 परमेश्वरको सत्य ज्ञान सिकाउने काम पूजाहारीहरूको हो। तिनीहरूकहाँ गई मानिसहरूले मेरो इच्छाबारे सिक्नुपर्छ किनभने तिनीहरू सर्वशक्तिमान् परमप्रभुका सन्देशवाहकहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्दछ, किनभने त्यो सर्वशक्तिमान् परमप्रभुको समाचारवाहक हो। Viz kapitolaपवित्र बाइबल7 पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिक्नु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ। Viz kapitola |