मलाकीको पुस्तक 2:13 - सरल नेपाली पवित्र बाइबल13 अर्को कुरो तिमीहरू यसो पनि गर्छौ। तिमीहरूले चढाएका भेटीहरू उहाँले ग्रहण नगरेको हुनाले तिमीहरू रोई-कराई परमप्रभुको वेदी आँसुमा डुबाउँदछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 फेरि तिमीहरू अर्को कुरा गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले भिजाउँदछौ। तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूका हातको भेटीलाई कहिल्यै ध्यान दिनुहुन्न, न त त्यो उहाँलाई ग्रहणयोग्य हुन्छ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन। परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ। Viz kapitola |