लूकाको सुसमाचार 9:48 - सरल नेपाली पवित्र बाइबल48 अनि तिनीहरूलाई भन्नुभयो, “मेरो नाउँमा यस्ता बालकलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुने पितालाई ग्रहण गर्छ। तिमीहरूमध्ये जो सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा ठूलो हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 र तिनीहरूलाई भन्नुभयो, “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।” Viz kapitolaपवित्र बाइबल48 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ सानो छ, ऊ नै सब भन्दा महान हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।” Viz kapitola |